सूचनाको शक्ति - The Power Of Information

        

कोदो थन्क्याएर चामल बाँडियो

लकडाउनका बेला राहतस्वरुप बाँड्नका लागि किसानसँग खरिद गरेरे गाउँपालिकाको गोदाममा थन्क्यिाइएको कोदो ।

लकडाउनका बेला राहतस्वरुप बाँड्नका लागि किसानसँग खरिद गरेरे गाउँपालिकाको गोदाममा थन्क्यिाइएको कोदो ।

गुल्मी । इश्मा गाउँपालिकाले स्थानीय उत्पादन १३ टन कोदोलाई गोदाममा थन्क्याएर २२ लाख ४५ हजारको चामल खरिद गरी राहत वितरण गरेको खुलेको छ । कोरोना भाइरसका कारण दैनिक काम गरी साँझ बिहान खाने मजदुरहरुलाई समस्या परेको भन्दै राहतस्वरुप गाउँपालिकाले खाद्यान्नको रुपमा चामल वितरण गरेको थियो ।

गाउँपालिकाले अतिविपन्न एक हजार २४६ परिवारलाई बजारका चामल खरिद गरी राहत वितरण गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले आफूले राहतमा चामलभन्दा स्थानीय उत्पादन कोदो वितरण गरौँ भन्दा कार्यपालिकाको बैठकमा आफू अल्पमतमा परेको बताएका थिए ।

गाउँपालिकाले स्थानीय इश्मा कृषि तथा पशु महिला सहकारी संस्था र भविष्य निर्माण साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत कोदो खरिद तथा बजारीकरणको काम गरेको छ । अहिले त्यही सहकारीको गोदाममा १३ टन कोदो प्रशोधन गरी गाउँपालिकाको लोगो लगाई प्याकिङसहित यसै थन्किएको छ ।

पहिले गाउँपालिकाले इश्माको कोदोले बजार नपाएको भन्दै हल्लासमेत चलाएर अहिले भएको कोदो गोदाममा थन्क्याएर बजारको चामल खरिद गरी वितरण गरेको हो । कोदो उत्पादन गर्ने किसानबाट गाउँपालिकाले प्रतिकेजी ५० रुपैयाँका दरले सहकारीमार्फत लिएको हो ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार १६:२१