
काठमाडौं । नेपाली सेनाले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक जाने बाटो निर्माणको आधा काम सकेको जानकारी दिएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले ट्वीटरमार्फत लिपुलेक जाने बाटो निर्माणको आधा काम सकिएको जानकारी गराएका हुन् । लिपुलेक जाने ट्रयाक खोल्न सेनाको एक टुकडी केही समयदेखि सो स्थानमा कार्यरत रहेको छ ।
प्रवक्ता पौडलले सेनाका जवानले बाटो खन्दै गरेको तस्विर समेत सार्वजनिक गर्दै ट्रयाक निर्माणको अहिलेसम्मको प्रगतिको बारेमा जानकारी गराएका हुन् । प्रवक्ता पौडेलका अनुसार घाँटीबगरदेखि छागंरुसम्मको ट्रयाक खोल्ने क्रममा २५० मीटर ट्रयाक खोलिसकिएको छ । प्रवक्ता पौडेलले स्थलगत तस्बिर र नक्सा सार्वजनिक गर्दै सो समाचार सेयर गर्न पाउँदा खुसी लागेको जनाएका छन् । पौडेलका अनुसार सो सडकखण्डको पुरा ट्रयाक ४५० मीटर रहेको छ ।


सत्यपाटी ।