बझाङ । सुदूरपश्चिम प्रदेशसभा सदस्य देबकी मल्ललाई गाउँ जान नदिनका लागि विप्लव समुहले बाटोमा संकास्पद बस्तु राखेकोे छ । दुर्गाथली गाउँपालिका–५ मा सामान्य भेटघाटका लागि जाने कुरा जानकारी पाएपछि विप्लव समुहले वडा नं. १ र ५ को सिमाना खेतीगाड भन्ने ठाउँको बीच सडकमा पर्खाल लगाई कालो प्लाष्टिकमा तार बेरिएको अवस्थामा संङ्कास्पद बस्तु राखेको जनाइएको छ ।
सांसद मल्लले उक्त शङ्कास्पद बस्तु बम भएको हुन सक्ने आशंङ्का गरेकी छन् । उनका अनुसार आफुसहित आफुसँगै रहेका १० जनाको समुहको टोली अहिले सुरक्षित रहेको जानकारी दिइन् । शङ्कास्पद बस्तुमा कार्यक्रममा जान नपाइने समेत लेखिएको छ । घटना स्थलतर्फ अहिले जिल्ला सदरमुकामबाट नेपाल सेनाका मेजर तारा खड्काको नेतृत्वमा बम डिस्पोजल टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।
सत्यराज सिंह ।