सूचनाको शक्ति - The Power Of Information

        

विद्यार्थीका लागि सबै प्रश्नको उत्तर भेटिने नयाँ अनलाइन पोर्टल

काठमाडौं । विद्यार्थीहरूको अध्ययनलाई थप मजबुत बनाउने उद्देश्यले नयाँ अनलाईन पोर्टल सार्वजनिक भएको छ । नेपाली विद्यार्थीहरूको अध्ययनलाई व्यापक बनाउन पाठशाला नेपाल नामको अनलाइन पोर्टल सार्वजनिक भएको छ ।

वि.स २०७६ बाट विभिन्न विषयलाई जोड्दै उक्त अनलाइनले पाठकलाई सेवा दिइरहेको छ यसका प्रकाशक गोविन्द सापकोटाले जानकारी दिए । उक्त अनलाइन पोर्टलमा कक्षा आठदेखि विद्यावारिधि गर्ने विद्यार्थीहरूका लागि आवश्यक सबै विषय उपलब्ध हुने सापकोटाले बताए ।

‘यो पोर्टलमा विद्यार्थीले आफूलाई समस्या भएका विषयको प्रश्न गर्ने अवसर पाउँछ । विद्यार्थीको समस्यालाई उक्त विषयका शिक्षकबाट परामर्शसहित जवाफ पोर्टलबाट नै उपलब्ध गराइन्छ,’ सापकोटाले भने, ‘नेपालको शैक्षिक संस्था र भौगोलिक बनावटले गर्दा हरेक व्यक्तिहरूलाई आवश्यकताअनुरूप शिक्षाको पहुँच हुन नसकेको यो अवस्थामा हामीले नयाँ प्रयोग गर्दै आएका छौं । यसलाई विस्तृतरूप दिने प्रयास गरिरहेका छौं ।’

सापकोटाका अनुसार अरू वेवसाइट र एजुकेशनल प्लेटफर्मले जस्तो यस पाठशाला नेपाल डटकमले गृहकार्य र नोटहरू दिने मात्र नभएर विद्यार्थीहरूलाई उनीहरूले खोजेको हरेक प्रश्नको तत्काल वैधानिक उत्तर दिने गरेको छ । शिक्षा क्षेत्रमा भएको विकराल अवस्था र वैज्ञानीक शिक्षा पद्दतिको अहिलेको अवस्थालाई मध्यनजर गर्दै प्रविधिको माध्यमले क्रान्तिकारी परिवर्तनका लागि नयाँ माध्यम प्रयोग गरिएको सापकोटाले उल्लेख गरे ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार १५:४६