सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश प्रहरी कार्यालय सील

मोरङ । एक जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि विराटनगरस्थित प्रदेश–एक प्रदेश प्रहरी कार्यालय सील गरिएको छ । उनी विराटनगरकै स्थानीय भएको बताइएको छ । उनको उमेर र पद खुलाइएको छैन ।

संक्रमण पुष्टि भएका प्रहरीलाई केही दिनअघि ज्वरो र हाच्छ्यूँ आउने लक्षण देखिएपछि होम क्वारेन्टिनमा बस्दै आएका थिए । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार राति उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि उनलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दिपक पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार १५:०६