सूचनाको शक्ति - The Power Of Information

        

हवाई मार्गबाट हुम्ला पुग्यो २० अर्ब

हुम्ला । हुम्लामा पैसाको अभाव भएपछि हवाई मार्गबाट रुपैयाँ पुर्‍याइएको छ । राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाले नेपाल राष्ट्रसँग माग गरेपछि रकम पुर्‍याइएको हो । पैसाको अभाव भएका बेला हुम्ला जिल्लामा बीस अर्ब रकम पुगेको छ । आर्थिक वर्षको समाप्तीसँगै बैंकहरुमा पैसाको अभाब भएका बेला राष्ट्र बैंक नेपालगन्जबाट रुपैयाँ हुम्ला पुगेको हो ।

बैंकमा पैसाको अभाब हुन थालेको पाँचपछि राष्ट्र बैंक नेपालगन्जबाट बुधवार हवाई मार्गबाट रकम पुगेको राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाकी प्रबन्धक सविता शाहीले बताइन् । आर्थिक वर्षको अन्त भएको कारण बिभिन्न विकासे योजनाको भुक्तानी धेरै दिनुपर्दा बैंकमा पैसाको अभाव भएको थियो । जिल्लाको माग अनुसार राष्ट्र बैंक नेपालगन्जले बीस अर्ब पठाएपछि अब पैसाको समस्या समधान हुने भएको छ ।

वाणिज्य बैंकलाई १० देखि १५ करोड रुपैयाँको आवश्यकता रहेको बेला आवश्यक पैसाको ब्यवस्था भएपछि समस्या समाधान हुने भएको छ । वाणिज्य बैंकमा पैसा आएपछि भुक्तानी लिनेको लामो भिड लागेको छ । सो बैंकले पैसाको अभाव भएपछि एक दिनमा पाँच हजारमात्र भुक्तानी दिनुपरेको थियो । यसबाट आर्थिक वर्ष समाप्तिका बेला भुक्तानी लिने धेरै सेवाग्राही मर्कामा परेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार १४:५५