बुधबार । सुनको मूल्य १ हजार ३०० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो । यस्तै बुधबार तेजावी सुन प्रतितोला ९३ हजार ५६० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको मूल्य पनि ९५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार १०४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ११३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।
।