सूचनाको शक्ति - The Power Of Information

        

खोलामा डुबेर एक किशोरको मृत्यु

पर्सा । पौडी खेल्ने क्रममा खोलामा डुबेर एक किशोरको ज्यान गएको छ । पर्साको जगरनाथपुर गाउँपालिका–६ माधोपुर बस्ने १६ वर्षीय कृष्ण पटेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ ५ बजे जगरनाथपुर–६ स्थित नौरंगी खोलामा पौडी खेल्ने क्रममा डुबेर पटेल बेपत्ता भएका थिए । खोजतलासका क्रममा एक घन्टापछि मृत अवस्थामा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय पोखरियाले जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार ११:३६