सूचनाको शक्ति - The Power Of Information

        

चन्दा उठाउँदै गर्दा विप्लवका कार्यकर्ता पक्राउ

बाँके । प्रतिबन्धित विप्लव माओवादीका दुई कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेको छ । भेरी–कर्णाली न्याय विभागका पूर्व प्रमुख चित्रबहादुर विक र एक कार्यकर्ता सुरेश राउत पक्राउ परेका छन् । राँझामा चन्दा उठाउँदै गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रवक्ता खड्काले बताए ।

प्रहरीले उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ । विप्लव माओवादीले बाँकेमा केही दिनअघि मात्रै कोहलपुरको ६ विगाह जमिन कब्जा गरेको घोषणा गरेको थियो । सुकुम्बासी आयोगले ४१ जना व्यक्तिको नाममा वितरण गरेको उक्त जग्गामा ब्यानर लगाउँदै विप्लव माओवादीले कब्जाको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार १६:१९