सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा थप २ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

बाँके । मंगलवार थप २ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट नेपालगञ्ज उपमहानगरपालिका १४ की दुई महिला कोरोनाबाट मुक्त भई डिस्चार्ज भएकी हुन् ।

योसँगै बाँकेमा कोरोनाबाट निको भई घर जानेको संख्या ३ सय ६८ पुगेको छ । जिल्लामा हालसम्म ३ सय ९० जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २ जनाको मृत्यु भईसकेको छ भने ३ सय ६८ जना निको भएका छन् । अब २ वटा आइसोलेशनमा २० जना बिरामी उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार १३:३७