सूचनाको शक्ति - The Power Of Information

        

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

जनकपुर । कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका–८ बसन्तपुर घरभइ हाल जनकपुरधाम–८ बस्ने २१ वर्षीय सुनिल अधिकारीलाई पक्राउ गरेको हो ।

उनलाई जनकपुरधाम–९ स्थित जानकी माविको अगाडीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका अधिकारीको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

पैदल हिंडेर गइरहेका उनलाई शंका लागि सादा पोशाकमा खटिएका प्रहरीले चेकजाँच गरेपछि एक थान कटुवा पेस्तोल बरामद भएको उनले बताए । पक्राउ परेका अधिकारीमाथि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार १२:३०