सूचनाको शक्ति - The Power Of Information

        

साउनमा किन हुन्छ महादेवको विशेष पूजा ?

आज साउन महिनाको पहिलो सोमबारी । आज भगवना शिवको धुमधामसंग पूजा अर्चना गरिँदै छ ।बिहानैदेखि धनुषा जनकपुरधामको शिव मन्दिर, शिरेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ महादेव, मंगलनाथ महादेव लगायतको देश तथा विदेशका शिवालयहरुमा पूजा अर्चना गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।

साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले मनोकामना पुरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ती हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् । भने अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन् ।

साउन भगवान् शिवको महिना हो । अनि सोमवार उहाँको प्रिय दिन हो । शिवपुरानमा वर्णन गरिएअनुसार, शिव परमब्रह्म हुनुहुन्छ् । हिन्दु धर्मावलम्बीहरूले भगवान शिवको शक्तिलाई विशेष रूपमा लिने गर्दछन् । हरेक वर्ष साउनको सोमबार ब्रत बसेर शिवको पूजा आराधना गर्ने चलनले पनि हिन्दु धर्मावलम्बीहरूका लागि ठुलो महत्व बोकेको छ । साउन महिनालाई भगवान शिवको प्रिय महिनाको रूपमा चिनिन्छ ।

के छ महत्व ?

धर्म ग्रन्थहरूमा उल्लेख गरिए अनुसार साउन महिनालाई एकदमै पवित्र महिनाको रूपमा मानिन्छ । साउन महिनामा भगवान शिव पृथ्वी भ्रमण गर्न आउने हुनाले साउन महिनामा शिव भगवानको पुजा आराधना गरिनन्छ ।

कहिलेदेखि सुरू भयो ब्रत बस्ने चलन ?

साउन महिनामा सोमबारको दिन ब्रत बस्ने चलन शिव र पार्वतीको सम्बन्ध रहेसँगै सुरू भएको ग्रन्थहरूमा उल्लेख गरिएको छ । सावन महिनालाई धार्मिक दृष्टिकोणले पनि उत्तम र पवित्र मानिन्छ ।

किन लगाइन्छ रातो, हरियो र पहेँलो रङ्ग ?
भगवान शिवलाई हरियो, रातो र पहेँलो रङ्ग मनपर्ने मान्यता भएकाले सावन महिनाको सुरूवात भएसँगै महिलाहरूले हरियो रङ्गका वस्त्र र चुरा पोतेहरू लगाउने गर्दछन् । हरियो रङ्गलाइ सौभाग्यको रङ्ग पनि भनिन्छ । सावन महिना हरियालीको महिना र प्रकृतिसँग आफुलाई जोडने महिना रहेकाले हरियो रङ्गका कपडाहरू लगाएर प्रकृतिसँग नजिक हुने गरिन्छ । जसले गर्दा प्रकृतिको साथ रहने र भाग्यमा समेत सकारात्मक प्रभाव पर्ने मान्यता रहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १३:३३