सूचनाको शक्ति - The Power Of Information

        

बाढीले बगायो पक्की पुल

बाजुरा । आइतबार राति अविरल वर्षासँगै आएको बाढीले बाजुराको ताप्रिसेराको पक्की पुल बगाएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगत बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर २ को ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको हो ।

पक्की पुल बगाएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टकंप्रसाद भट्टराईले बाढीले पुल बगाएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको बताए । साँफे मार्तडी सडक खण्डको डुङग्रीमा २ साता अघि गएको पहिरोले सडकसमेत भाँसिएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १२:३७