सूचनाको शक्ति - The Power Of Information

        

एउटै क्वारेन्टिनका ४६ जनामा देखियो कोरोना

वीरगञ्ज । बाराको एउटै क्वारेन्टिनका ४६ जनासहित पर्सा र बारामा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पताल वीरगञ्जमा गरिएको पीसीआर परीक्षणमा दुवै जिल्ला गरि थप ५० जनामा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।

उनीहरुमा आइतबार राति अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको उपाध्यायले बताए । बाराको देवताल गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जस्थित होटेल कुमु प्यालेसको क्वारेन्टिनमा बस्दै आएका चार जनामा समेत कोरोना संक्रमण देखिएको हो । बारामा देखिएका संक्रमितमध्ये १० जना महिलाहरु रहेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १२:१८