सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ मा घट्दै कोरोना परीक्षण दायरा

बाँके । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या घट्दै गएको सरकारी तथ्याकंले देखाएको छ । तर, यस प्रदेशका नागरिकको लक्ष्य अनुसारको कोरोना परीक्षण हुन सकेको छैन । प्रदशेमा रहेका सरकारी स्वास्थ्य संस्थाहरूको तथ्यांकअनुसार आइतबार दिउँसोसम्म यहाँका १२ वटा जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ८१ जना देखिएको छ ।

जसमा ३ हजार ६७५ जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ बताउँछन् । अहिलेसम्म प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ जना छ । प्रदेशभरका १५० वटा आइसोलेशन कक्षमा अहिले ३९३ जनाले उपचार गराइरहेका छन् । प्रदेश ५ स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्याक अनुसार ९० दशमलव ५ प्रतिशतले कोरोना जितेर घर फर्किएका छन् ।

तथ्याकंअनुसार बाँकेमा कुल संक्रमितको सख्या ३३४ जना रहेका छन् । त्यहाँका १३ वटा आइसोलेशन कक्षमा २० जनाले उपचार गराइरहेका छन् । ३७२ जना निको भइ घर फर्केको फोकल पर्सन श्रेष्ठ बताउँछन् । उनकाअनुसार अहिलेसम्म बाँकेमा २ जनाको मृत्यु भएको छ । बर्दियामा कुल संक्रमितको संख्या २२० जना रहेको छ ।

११ वटा आइसोलेशन कक्षमा २८ जनाले उपचार गराइरहेका छन् । १९२ जना निको भई घर फर्केका छन् । दाङका ७ जटा आइसोलेशनमा कुल संक्रमित ६४१ जनामध्ये १५० जनाले उपचार गराइरहेका छन् । ४८९ जनाले कोरोना जितेर घर फर्केका छन् । त्यस जिल्लामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । पाल्पा जिल्लामा २५ वटा आइसोलेशन कक्ष रहेका छन् ।

जहाँ कुल संक्रमितको संख्या ५५५ जना रहेका छन् । ४६ जनाले उपचार गराइरहेका छन् । ५०८ जनाले कोरोना जितेर घर फर्किएका छन् । कपिलवस्तुका १६ वटा आइसोलेशन कक्षमा कुल संक्रमित ४५६ जनामध्ये २० जनाले उपचार गराइरहेका छन् । ७३६ जना निको भइ घर फर्किएका छन् । गुल्मी जिल्लामा कुल संक्रमितको संख्या ३५३ जना पुगेको छ ।

२२ वटा आइसोलेशन कक्षमा ११ जनाले उपचार गराइरहेका छन् । ३३९ जनाले कोरोना जितेर घर फर्किएका छन् । त्यहाँ ३ जनाको मृत्यु भएको छ । रूपन्देहीमा संक्रमितको संख्या ३७२ जना छ । त्यहाँ १७ वटा आइसोलेशनमा २२ जनाले उपचार गराइरहेका छन् । ३ सय २ जना उपचार गरि घर फर्किएका छन् । त्यहाँ १ जनाको मृत्यु भएको छ । प्युठान जिल्लामा कुल ३३३ जना कोरोना संक्रमित रहेका छन् ।

त्यहाँको २१ व्वटा आइसोलेशन कक्षमा २९ जनाले उपचार गराइरहेका छन । ३०४ जना निको भई घर फर्केका छन् । नवलपरासीमा कुल संक्रमितको संख्या १०७ पुगेको छ । त्यहाँको २२ वटा आइसोलेशन कक्षमा २२ जनाले उपचार गराइरहेका छन् । ८५ जना उपचार गरी फर्किएका छन् । रोल्पा जिल्लामा कुल संक्रमित ६६ जना रहेका छन् । त्यहाँको ४ वटा आइसोलेशनमा १८ जनाले उपचार गराइरहेका छन् ।

४७ जना कोरोना जितेर फर्किएका छन् । रूकुम पूर्वमा संक्रमित ८ जना छन् । एउटा मात्र आइसोलेशन छ । ४ जनाले उपचार गराइरहेका छन् । ४ जना उपचार गरी फर्किएका छन् । यो तथ्याकंलाई हेर्दा प्रदशेमा कोरोना संक्रमितको संख्या कम देखिएको छ । क्वारेन्टिनमा रहेका अधिकांश घर फर्किदै छन् । यहाँका क्वारेन्टिन खाली हुने क्रम चलेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १२:०६