सूचनाको शक्ति - The Power Of Information

        

दलित समुदायलाई खानेपानीको झनै अभाव

महोत्तरी । गाँउमा केही समय अगाडिसम्म सोलार प्रविधिमार्फत खानेपानी वितरण हुदै आएको थियो । पछिल्लो समय एकाएक सो प्रबिधिबाट पानी वितरण गर्ने कार्य अवरुद्ध भयो । जसका कारण आम सर्वसधारणलाई स्वच्छ खानेपानीका लागि भौतारिनु पर्ने अवस्था सिर्जना भएको छ ।

नगिया देवी चमार भन्छिन् वस्तीमा सहजै रुपमा खानेपानीको वैकल्पिक व्यवस्थापन हुन सकेको छैन । १२ वटा घरपरिवार रहेको सो वस्तीका समुदायलाई खानेपानीको लागि एउटा निजी ईनारमा भर पर्नुपर्ने बाध्यता रहेको छ । दलित भएकै कारण अझ पनि समाजमा विभिन्न वेथितीहरुको समाना गर्नुपर्ने बाध्यता छ ।

गाँउमा रहेका अधिकांश ईनारहरु सुकेपछि स्थानिय गृहणीहरुको समय खानेपानी ब्यवस्थापनमा बित्ने गरेको स्थानिय सुमीत्त्रा रामले बताईन् । सुमीत्त्राले भनिन् “पानी थाप्ने क्रममा प्राय विवाद हुनु त समान्य भईसकेको छ । वस्तीबाट २ सय मिटरको दुरीमा रहेको व्यक्तिगत ईनारबाट खानेपानीको जोहो गर्नुपर्ने र सबै समुदायका व्यक्तिहरुले एउटै ईनार प्रयोग गर्नु पर्ने भएकाले लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

करिब ४० घरपरिवार बसोबास गर्दै आएको सोनमा गाँउपालिका ५ स्थित खैरवन्नीका डोम मल्लि समुदायमा लामो समय देखि खानेपानीको समस्याको समाधान हुन सकेको छैन । २०७६ सालको चैत महिनामा वस्तीका मल्लि समुदायलाई खानेपानीमा अवरोध गरिएको थियो । सोही घटना स्मरण गर्दै स्थानिय हुलास मल्लिले भने वस्तीमा खानेपानी व्यवस्थापनको लागि एक मात्र चापाकल छ । सोही चापाकलबाट पानीको व्यवस्थापन गर्ने क्रममा एक आपसवीच झै झगडा हुने गरेको छ । प्रदेश सरकारले जनता आवास कार्यक्रमबाट पक्की घर निर्माण गरेपनि खानेपानीको व्यवस्था गर्न सकेको छैन ।

वस्तीमा गाँउका ठुलाबडा भनिनेहरुले दलितहरुलाई पानी खानमा अवरोध गरेका थिए । वस्तीकी ४० बर्षिया पवन मल्लिले भनिन अहिले पनि जातीय विभेद समाजमा कायमै छ । वस्तीमा खानेपानीको वैकल्पिक व्यवस्था नभएका कारणद्रव्ँद सिर्जना हुने अवस्था पटक पटक आउने गरेको छ । बर्दिवास हाथीलेटको विजय बस्तीमा ५५ घरकाबीच रहेको एउटा इनार पनि सुक्न थालेपछि अब खानेपानीका लागि के गर्ने भन्ने चिन्ताले पिरोलिएको स्थानिय नुरमाया विकले बताईन । बस्तीका ५५ घरका बासिन्दा पानी भर्न इनारमा पुग्दा इनारभित्र पानीका लागि झारिएका डोल बाल्टिन पानीमा डुब्न छाडेको सो बस्तीका बासिन्दाहरु बताउँछन् । “डोलभरि पानी आउँदैन, डोलमा तानिएको आधाउधी पानी पनि एकैपटक इनारभित्र झारिएका १५र१६ वटा डोल ठोक्किँदा अलिकति पानी माथि आइपुग्छ”, बस्तीकै पानवती दासले भनिन् ।

जिल्लाको उत्तरवर्ती क्षेत्रमा खानेपानीको एक मात्र स्रोत रहेको इनार धमाधम सुक्न थालेपछि खानेपानीको जोहो गर्न टाढाटाढा पुग्नुपरेको गौशाला १० का देवलाल महतोले बताए । महतोका अनुसार बस्तीकै छेउमा रहेको नदी उत्खन्न गर्ने कार्य पछिल्लो समयमा तीव्रता पाएपछि गाँउघरमा खानेपानीको मुहान सुख्दै गएको हो । स्थानिय सरकारले खानेपानीको ब्यवस्था नगरेर आम नागरिकमाथि खेलवाड गर्दै आएको महतोले आरोप लगाए ।

क्रमिक रुपमा पानी सुख्न थालेपछि यसक्षेत्रमा पानीको हाहाकार भएको छ । नदीमा पानी छैन, भएको पोखरी माछा पालनको लागि ठेक्का लागेको छ, मान्छे लगायत पशु चौपायालाई समेत पानी खुवाउनका लागि हम्मे हम्मे पर्दै आएको गौशाला १ का ईस्री पासवानले बताए । पासवानले भने हुनेखानेले त निजी रुपमै घरको अगाडी र पछाडीमा ईनार खनेर पानी खानुको साथै खेतखेतमै सिचाईको जोहो गरेका छन । तर गरिव निमुखा समुदायलाई पिउने पानीको लागि सोच्नुपर्ने अवस्था छ । स्थानिय सरकारद्वारा वितरण हुने सरकारी लागतमा निर्माण हुने ईनारमा पनि दलितको पहुँच छैन ।”

इनार र चापाकल धमाधम सुक्न थालेपछि खान मात्र नभई नुहाइधुवाइसँगै बस्तुभाउलाई पानी ख्वाउनसमेत निकै सकश परेको गौशाला ४ का गरिव गोसाईेले बताए । वस्तुभाउलाई पानीको जोहो त जसरी पनि गर्न सकिन्छ तर मानवजीवनका लागि खानेपानीमा शुद्धता हुनुपर्ने भएकोले स्थानिय सरकारलाई समयमै पहल गर्नुपर्ने आवश्यकतामाथि गोसाईको जोड रहेको छ ।करीव ५०० घरधुरी बसोबास रहेको भंगहा नगरपालिका रामनगर बस्तीका २५ प्रतिशतभन्दा बढी इनार र चापाकल सुकिसकेको सो बस्तीका सामाजिक कार्यकर्ता भरत यादवले बताए । इनार धमाधम सुकेपछि सिँचाइको अर्को विकल्प नभएकाले बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारा संकटमा परेको रामनगर बस्तीकै किसान भरतराज बरालको भनाई छ ।

चुरे पहाड शृंखलाबाट निस्कने नदी क्षेत्रमा बालुवाढुंगा उत्खनन गर्नेहरुले ठूल्ठूला गहिरा खाल्डा बनाएका र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिँदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिँदै गएर चैतमै खानेपानीको हाहाकार मच्चिन लागेको स्थानीयहरुले बत।ए ।“हामीले प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापर्वाह भयौं”, चुरे संरक्षण अभियन्ता नागदेव यादवले भने, “नदीहरुको अनियन्त्रित दोहन, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो संकट बढ्दै जानेछ ।

खोल्साखोल्सी, वनक्षेत्र, नदी, सीमसार क्षेत्र र पोखरीका मुख्य स्रोतको संरक्षण एवं उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुंगिने भंगाहा ७ का बासिन्दा वन, वातावरण र चुरे मामिला विज्ञ डा। विजयकुमार सिंह बताउँछन् । पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालुवा, ढुंगा अनियन्त्रित तरिकाले खन्ने क्रम अझ रोकिएको छैन । चुरे पहाडको दोहन र वन विनाश बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खापानीका मुहान चाँडै सुक्न थालेको छ ।

खोल्साखोल्सी, वनक्षेत्र, नदी, सीमसार क्षेत्र र पोखरीका मुख्य स्रोतको संरक्षण एवं उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुंगिने भंगाहा(७ का बासिन्दा वन, वातावरण र चुरे मामिला विज्ञ डा. विजयकुमार सिंह बताउँछन् ।
पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालुवा, ढुंगा अनियन्त्रित तरिकाले खन्ने क्रम अझ रोकिएको छैन । चुरे पहाडको दोहन र वन विनाश बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खापानीका मुहान चाँडै सुक्न थालेको छ । वर्दिवासस्थित सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले बताए । “प्राकृतिक सम्पदाको अनियन्त्रित दोहनले ठीक समयमा पानी नपर्ने र जलाधार सुक्ने समस्या बढेका छन”, यादवले भनें “यसको असर स्वरुप खडेरी, अनावृष्टि र अतिवृष्टिको समस्या दिनानुदिन बढदै गएका छन् ।”

स्वच्छ खानेपानी मानवजीवनको आधारभुत आवश्यक्ता भएकाले स्थानिय जनप्रतिनिधीले यस विषयमा समयमै ध्यान दिनुपर्नेमा जनता समाजवादी पार्टीका नेता रमेश महतो राहुलले जोड दिएका छन् । नगरपालिकाले खानेपानीको समस्यालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने उनले बताए । गौशाला नगरपालिकाले यस आर्थिक बर्षमा ३७ लाख २५ हजार रकम स्वच्छ खानेपानी निर्माण शिर्षकमा खर्चिएको नगरकार्यपालिका सदस्य अनुपियादेवी सदाले बताईन् । यस बर्ष प्राथमिकताका आधारमा खोनपानीको लागि पूर्वाधारहरु निर्माण गरिने उनले जानकारी दिईन् ।

जनप्रतिनिधीले नगरको नेतृत्व सम्हालेपछि गौशाला नगरपालिकाको विभिन्न वस्तीमा स्वच्छ खानेपानीको लागि पहल गर्दै आएको नगर प्रवक्ता भोजवहादुर दर्लामीले बताए । नगरभित्रका १२ वटै वडामा क्रमिक रुपमा शुद्ध खानेपानी पुर्याउने नगरको लक्ष्य रहेको उपप्रमुख आशा लामाको भनाई छ । उप प्रमुख लामाका अनुसार, विगतमा भएको कमी कमजोरीलाई मनन गर्दै अगामी वजेटमा खानेपानीलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

प्रदेश नं. २ को जनता आवास कार्यक्रम अन्र्तगत मुसहरहरुको लागि एकीकृत वस्ती निर्माणको काम जारी रहेको छ । प्रदेश नं. २ का प्रदेशसभा सदस्य भरतप्रसाद साहका अनुसार, एकीकृत बस्तीमा खानेपानीको सहज ब्यवस्थाका लागि प्रयासहरु भई रहेका छन् । तर ति योजनाहरु कहिलेसम्म पुरा हुन्छन् र जनताले स्वच्छ खानेपानी पाउँछन् भन्ने निश्चित योजना भनें छैन

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतवार १४:२५