सूचनाको शक्ति - The Power Of Information

        

राहुल गान्धीले भने, ‘मोदी सरकारले झुट बोल्यो’

बाँके । भारतमा विपक्षी दल कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले भारतीय जनता पार्टीमाथि झूटलाई संस्थागत गरेको आरोप लगाएका छन् । यस षड्यन्त्रको मूल्य देशले चुकाउनुपर्ने उनको भनाइ छ ।

पहिलो, भाजपा सरकारले कोभिड–१९ का कारण भएको मृत्यु तथा कोभिड परीक्षणका विषयमा झूट बोल्यो । दोस्रो, उसले कुल गार्हस्थ्य उत्पादनको मापदण्ड परिवर्तन गर्यो । तेस्रो, मिडियालाई तर्साउँदै ऊ चीनका विषयमा झूट बोलिरहेको छ ।

राहुलले हिजो पनि मोदी सरकारमाथि शाब्दिक आक्रमण गर्दै उसको नीतिको तुलना बेलायतका पूर्व प्रधानमन्त्री नेभिल चेम्बरलिनसँग गरे । नाजी जर्मनीसँग सम्झौता गरेर जर्मन आक्रमण नहुने सुनिश्चित गर्न खोजेका चेम्बरलिनलाई धोका दिँदै जर्मनीले सन् १९३९ मा पोल्यान्डमा आक्रमण गरेपछि दोस्रो विश्वयुद्ध शुरू भएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतवार १३:४७