सूचनाको शक्ति - The Power Of Information

        

पाँच दिन देशभर वर्षाको सम्भावना

काठमाडौ। लगातार पाँच दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 आजबाट लगातार पाँच दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।यसले पहाडी क्षेत्रका केही स्थानमा पहिरो र तराईका कतिपय ठाउँमा बाढी तथा डुबानको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्क रहन अनुरोध गरेको छ ।

 अबको पाँच दिन पहाडी भू–भागका स–साना नदी नालामा समेत आकस्मिक बहाव बढ्ने सम्भावना भएकाले जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ । प्राधिकरणले नदी किनारा एवम् पहिरोको आसपासमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतवार १२:३१