बझाङ । बझाङको थलारा गाउँपालिकामा यसवर्षको बजेट वितरणप्रति वडाध्यक्षले नै विरोध जनाएका छ । गाउँपालिकाभित्रका नेपाली काँग्रेस पार्टीबाट निवाचित प्रतिनिधिसहित काँग्रेस पार्टी समर्थित नागरिकहरुले शुक्रवार गाँउपालिका केन्द्र थलारा बजारमा नारा जुलुस गरि गाउँपालिका कार्यालयमा पनि नारावाजी गरेका थिए ।
काँग्रेस समर्थन जनप्रतिनिधिहरुले गाउँसभामा आफ्नो कुराको सुनुवाइ नभएपछि दवावका लागि पार्टीको साथ लिएर कार्यालयमा विरोध जनाएको गरेको हो । थलारा गाउँपालिका–२ का वडाध्यक्ष हेम खड्काले नेकपाबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेकोले काँग्रेसबाट निर्वाचित सदस्यहरुको बेवास्था गर्दै आफुखुशी मनोमानी ढंगले कार्यकर्ता र आफ्ना मान्छेले भनेका ठाउँमा मात्र योजना वितरण गरेकोले विरोध गरेको बताए ।
‘खड्काले भने बहुमत छ भनेर उनीहरु जहिले पनि बल मिच्चाइ गर्ने कमिसन खाएर योजना दिने खुलेयाम भ्रष्टचार मौलाएको छ, आफु अनुकुल कर्मचारी ल्याएर पालिकामा बेतिथि जमाएका छन् यस्तो अवस्था छ कसलाई भन्ने के गर्ने ?’ यसअघि पनि यहाँ काँग्रेस समर्थित जनप्रतिनिधिहरुले योजना बाडफाँडमा गुनासो गरेका थिए । असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको गाउँपालिकाले बजेट बाँडफाँड भने असारको अन्तमा आएर मात्र गरेको थियो ।
९ वडा रहेको थलारा गाँउपालिकामा प्रत्येक वडामा ४० लाख बजेट दामासाहीले छुट्याएको र अन्य सबै बजेट गाउँपालिका अध्यक्ष लगायत अन्य प्रतिनिधिहरुले गोप्यरुपमा कमिसनमा बाँडफाँड गरेको काँग्रेस समर्थन जनप्रतिनिधिहरुको आरोप छ । ‘यस वर्ष गाउँपालिकामा विकास बजेट ११ करोड जतिमात्र हो,’ गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्ययाले भने, ‘यसमा २ करोड जती म्याचिड्ग फोन्ड गएको छ । बाँकी ४० लाख प्रतिवडालाई विनियोजन गरि विषयगत शाखाहरुलाई बजेट विनियोजन भएको छ ।’
उनले काँग्रेस समर्थिन जनप्रतिनिधिहरु भएको वडामा १ करोड बजेट दिनुपर्यो भन्ने माग रहेको बताए । ‘विषयगत शाखाको बजेट पनि वडामै दिनुपर्ने र म्याचिड्ग फण्ड कम गर्नुपर्ने माग हो यो हुन नसकेपछि उहाँहरुले विरोध गर्नुभएको छ,’ थलारा विकासको लागी सहि सुझावहरु सवैको ग्रहण गरेको बताउँदै अध्यक्ष उपाध्यायले भने, ‘मैले व्यक्ति पार्टीको स्वार्थभन्दा माथि उठेर काम गरेको छु, अनावश्यक विरोधको कुनै अर्थ छैन ।’
आफुले स्थानीय सरकार प्रमुखको हैसियतले शुसासन पारदर्शीता र जवाफदेहितालाई जोड दिएको बताउँदै भ्रष्टचार र भ्रष्टचारजन्य कार्य गरे कसैलाई क्षम्य नहुने पनि उनले बताए । सहमति र सहकार्यमा जोड दिएको उनको दावी छ । गाउँपालिकाका ९ वठामध्ये ४ वडामा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष र पालिका अध्यक्ष उपाध्यक्षसहित पाँच वडाध्यक्षमा नेकपाबाट निर्वाचित जनप्रतिनिधि छन् ।
सत्यराज सिंह ।