
प्युठान । प्यूठानमा ट्रयाक्टर दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान भएको छ ।
मृत्यु हुनेमा रोल्पा रुन्टिगढी गाउँपालिका–५, वाईजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठा मगर, १९ वर्षीय थमन बाठामगर, गोर्वधन बुढामगर, २५ वर्षीय कविराम बस्नेत रहेका छन् ।
त्यस्तै, ट्रयाक्टर चालक त्रिवेणी गाउँपालिकाका अन्दाजी २५ वर्षीय कमल कुँवरको पनि मृत्यु भएको प्यूठान प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।
सत्यपाटी ।