सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा कोरा च्यालेन्जको तयारी पुरा

बाँके । कोरोना संक्रमणविरुद्धको जनचेतनामूलक आम जनतामाझ पुुर्याउने उद्देश्यले नेपालगन्जमा कोरा च्यालेन्जको आयोजना गरिने भएको छ । कोरा च्यालेन्जको सबै तयारी पुरा भएको नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष गगन थापाले जानकारी दिएका छन् ।

कोरोना कहरकाबीच विल्कुलै फरक शैलीबाट आयोजकले कोरोनाविरुद्ध सन्देश प्रवाह गर्न खोजिएको जनाएको छ । गतवर्ष भव्य औपचारिक कार्यक्रमबीच आयोजना गरिएको नेपालगन्ज कोरा यसपाली भोलि शनिवार विहान कुनै औपचारिकता विना नै सम्पन्न गरिंने भएको हो ।

नेपालगन्ज साइक्लिङ्ग क्लब यो पटकको कोरामा आफुले आफैंलाई च्यालेन्ज गर्दै जतिसक्दो कुँदाउने र आफ्नो मन परेको रुटमा कुद्ने योजना अघि सारेको छ । साइकल अभियन्ता सतिश निरौलाले यसपालीको नेपालगन्ज कोरा ऐतिहासिक र भव्य हुने बताए ।

बढिमा १० जनाको समूहमा हुने नेपालगन्ज कोरा च्यालेन्जमा विभिन्न १० देखि १२ वटा समूह बन्ने अनुमान गरिएको बताए । भोलिको रुट पनि फरक फरक हुने थापाले बताए । सहभागी अभियन्ताहरुले कोरोनाविरुद्धको सचेतनामूलक ससाना ब्यानर साइकलमा लगाउने छन् ।

कोरा च्यालेन्जमा सहभागीलाई अनिवार्य मास्क र सेनिटाइजरको व्यवस्थासँगै साइकल कम्तिमा दुई मिटरको भौतिक दुरिमा रहने गरि च्यालेन्जमा भाग लिनुपर्नेछ अनिवार्य व्यवस्था गरिएको नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार १२:३२