सूचनाको शक्ति - The Power Of Information

        

चलचित्रकर्मी उदयले भने ‘चलचित्र क्षेत्र चिन्ताजनक’

काठमाडौं । चलचित्र निर्माता संघका पूर्व अध्यक्ष तथा चलचित्रकर्मी प्रदीपकुमार उदयले चलचित्रकर्मीलाई एउटा आग्रह गर्दै गम्भिर अनुरोध गरेका छन् । चलचित्रकर्मी उदयले आफ्नै घर जनाएर खरानी नघस्न चलचित्रकर्मीहरुलाई विनम्र अनुरोध गरेका हुन् ।

‘हामी सबै संयमित र सकारात्मक बनौं । हाम्रो क्षेत्र अत्यन्त कठीन अवस्थामा छ,’ चलचित्र क्षेत्रको पछिल्लो अवस्था चिन्ताजनक भएको सुझाउँदै उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘एकपटक सोचौं, पलायन हुने की अगाडी बढ्ने ?’

चलचित्रकर्मी उदयले सामाजिक सञ्जालबाट यसअघि पनि पटक–पटक चलचित्रकर्मीहरुलाई संयमित हुन, एक–अर्कालाई हिलो नछ्याप्न तथा आफ्नो क्षेत्रको सम्मान गर्न सिक्नुपर्ने आशयका स्टाटसहरु लेख्दै आएका छन् ।

https://www.facebook.com/pradeepkumar.udaya.1/posts/321058529299083

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार ०९:३६