सूचनाको शक्ति - The Power Of Information

        

बाढी र पहिरोपहिरोका कारण दुई महिनामा ९९ जनाको मृत्यु, ४८ जना बेपत्ता

फाइल तस्वीर

काठमाडौं । मनसुन शुरू भएपछि जेठ र असार २ महिनामा नेपालमा ९९ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । बाढी र पहिरोका कारण ८४ जना घाइते भएका छन् । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार ३१ गते बुधवारसम्म बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको हो ।

प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टा (मंगलवार बिहान १० देखि बुधवार बिहान १० बजेसम्म)मा विभिन्न जिल्लाका ७ स्थानमा पहिरो गएको छ । जेठ र असार महिनामा चट्याङका कारण १७ जनाको मृत्यु भएको प्राधिकरणको दैनिक विपद् बुलेटिनमा उल्लेख छ । त्यस्तै बाढी र पहिरोबाट देशभर ३ करोड ७९ लाख ८९ हजार रुपैयाँ बराबरको सम्पत्ति क्षती भएको छ ।

हेर्नुहोस्, बुलेटिन :

 

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार १६:३८