सूचनाको शक्ति - The Power Of Information

        

पेस्तोलसहित पुन दम्पत्ती पक्राउ

बाँके । कैलालीको धनगढीबाट पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो इन्चार्ज पूर्णिमा भनिने गौरा धामीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुलाई सार्वजनिक गरेको हो । बुधबार बिहान धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ बेली स्थित सडक खण्डबाट उनीहरु पक्राउ परेका थिए । प्रदेश २–०३–००५ प ९५९७ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेता ओम प्रकाश पुनले बोकेको झोला भित्र लुगामा लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पुनलाई प्रहरीले केही दिनदेखि पिछा गरिरहेको थियो । पुनसँगै पक्राउ परेकी अखिल नेपाल महिला संघकी नेतृ पूर्णिमा धामी उनकी श्रीमती हुन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार १३:५२