सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरका तत्कालिन डीएसपी रशेम सिंहविरुद्ध भ्रष्टाचार मुद्दा

बाँके । नेपाल प्रहरीका डीएसपी रमेशबहादुर सिंहविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनसन्धान आयोगले नागरिकताको जन्म मिति सच्चाएर झुठा विवरण उल्लेख गरी प्रहरी निरीक्षकमा भर्ना भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार इस्पेक्टरको दर्खास्त दिन जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नेपाली नागरिकताको प्रमाण–पत्रमा उल्लिखित जन्म मिति सिंहले सच्चाएका थिए । र, जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट झुठो विवरणसहितको प्रतिलिपि निकालेका थिए ।

सिंह यसअघि पनि भ्रष्टाचारको अभियोगमा सफाइ पाएका अधिकृत हुन् । डिएसपी सिंहले केही वर्षअघि इलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए । कोहलपुरमा समेत उनी विवादित थिए ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार ०८:३०