सूचनाको शक्ति - The Power Of Information

        

९६ हजार घुससहित ओली अख्तियारको फन्दामा

बाँके । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अधिकृत हुकुमबहादुर ओलीलाई घुससहित अख्तियारको फन्दामा परेका छन् । ९६ हजार ३०० घुस रकमसहित रंगेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जले जनाएको छ ।

आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार ओलीले ठेक्कापट्टाको लाइसेन्स बनाइदिने नाममा सेवाग्राहीबाट ९६ हजार ३०० नगदसहित लिँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी तथा सातौं तहका अधिकृत रहेका ओलीमाथि थप अनुसन्धान गरिरहको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार १३:२४