सूचनाको शक्ति - The Power Of Information

        

हतियारसहित नेपाल प्रवेश गरेका भारतीय पक्राउ

बाँके । बाँकेमा हतियारसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनी हत्या योजनासहित नेपाल प्रवेश गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । उनको सबै विवरण गोप्य राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनलाई नरैनापुर गाउँपालिका–४ घोडदौरिया नाकाबाट नेपालतर्फ हतियारसहित प्रवेश गर्ने क्रममा पक्राउ गरेको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर बिसीले जानकारी दिएका छन् । उनलाई पेस्तोलमा प्रयोग हुने गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट मल तस्करी समेतमा भूमिका खेल्दै आएका र गत वर्ष नरैनापुर इलाका प्रहरी कार्यालयमा आक्रमण र तोडफोड कार्यमासमेत संलग्न रहेका सिमावर्ती क्षेत्र भारत श्रावस्ती बस्ने नागरिक भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान तथा ब्यक्तिको थप पहिचान भइरहेको इन्चार्ज बिसीले बताए ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार १३:१३