सूचनाको शक्ति - The Power Of Information

        

फेरि भित्रियो सलहको झुण्ड

बाँके । सलह कीराको नयाँ झुण्ड फेरि नेपाल प्रवेश गरेको छ । भारतको उत्तर प्रदेश हुँदै आइतबार बिहान प्रदेश पाँचको दाङमा गडवा गाउँपालिकामा सलहको नयाँ झुण्ड देखिएको हो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले दाङमा फेरि सलह नयाँ झुण्ड देखिएको पुष्टि गरे ।

यसअघि असार १३ गते रुपन्देहीमा सहल देखिएको थियो । सलहलाई अनुकूल मौषम नभएपछि झुन्ड मरेको थियो । घुण्ड कति ठूलो संख्या छ भन्ने एकिन नभएको घिमिरेले बताए । ‘बिहान दाङका राप्ती र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकैबालीमा नयाँ सलह किरा देखापरेको छ । अन्य विवरण संकलनको काम भईरहेको छ,’ मन्त्रालयका कृषि निर्देशक यामनारायण देवकोटाले भने ।

उनले अर्घाखाँची र प्यूठानमा सतर्कता अपनाउन आग्रह गरिएको बताए । सलहले पुर्याएको क्षतिको विवरण संकलन र अन्य काम भइरहेको छ । यसअघिको भन्दा ठूलो संख्यामा सलह देखिएको स्थानीय किसानहरुले बताएका छन् ।’ किरा फैलिएर मकैबालीमा बसेको छन् । मन्त्रालयले सलह धपाउन भाँडा ठटाउने, धुवाँ लगाउने किसानलाई आग्रह गरेको छ ।

पश्चिमबाट पूर्वतर्फ हावा लागेकाले किरा पूर्वतर्फ गइरहेको छ । यसअघि आएको सलह किराले कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान र दाङमा कृषि बालीमा ठूलो क्षति पु¥याएको थियो । यतिबेला तराईमा धान लगाउने सिजन र पहाडतिर मकै हुकर्ने सिजन छ । अहिले तराईमाभन्दा पहाडमा मकैमा धेरै क्षति गर्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार ०९:३७