सल्यान । सल्यानका एक घरधनीले कोरोनाको असरका कारण भाडामा बस्ने मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड पनि मारमा परेको भन्दै एक महिनाको घरभाडा नलिने घोषणा गरेका छन् । सल्यान धनवाङका घरबेटी रुपलाल ऐरीले आफ्नो घरमा भाडामा बस्ने लघुवित्तलाइ एक महिनाको भाडा नलिने निर्णय गरेका मेरोमाइक्रोफाइनान्स धनवाङ शाखाका प्रमुख रमेश संग्रौलाले बताए ।
‘कोरोनाको असरले ब्यापार नै गर्न पाएका छैनन्, एक महिनाभन्दा बढी समय बन्द भएका छन्, यस्तो अवस्थामा कसरी भाडा लिनु’ ऐरीले भने, ‘अप्ठेरो अवस्थामा घरधनी पनि अभिभावक रहेकोले भाडामा बस्नेको पिरमर्का बुझ्नुपर्छ । समाजमा बसेर यत्ति कार्य गर्दा पनि सबै एकजुट भएर लाग्नुपर्ने समेत बताए ।’ मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६० हजार सहयोग गरिसकेको छ ।
सरकारको आदेश तथा नियम पालना गरी शाखा कार्यालयहरु मार्फत सेवा प्रवाह गरिरहेको छ । साथै बिभिन्न स्थानीय तहहरुको समन्वय तथा सहकार्यमा खाद्यान्न तथा आर्थिक सहयोग पनि गरिरहेको छ । त्यस्तै घरभाडा सहुलियत रकम स्थानीय तहहरुकै राहतकोषमा सहयोग गर्ने संस्थाले जनाएको छ । मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय र बनगाउँ अनुगमन कार्यालय दाङ अन्तरगत ६ जिल्लामा १० शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।
सत्यपाटी ।