
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ की वडा सदस्य एवं कार्यपालिका सदस्य इन्दिरा शाहीले आफ्नो विवाहको बार्षिकोत्सवमा वडाभित्रका ७३ जना वृद्धवृद्धालाई फलफुल वितरण गरेकी छन् । विवाह भएको २३ औं बार्षिकोत्सवमा वडाका वृद्धवृद्धासँग आशीर्वाद लिँदै फलफुल वितरण गरेकी हुन् ।
उनले वडाभित्रका २३ जना एकल र २५ जोडी गरी ७३ जना वृद्धवृद्धालाई फलफुल वितरण गरेको जानकारी दिइन् । विवाह बार्षिकोत्सवमा जथाभावी पैसा खर्च गर्नुभन्दा वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरेर केही पुण्य कमाउने उद्देश्यले आफुले वृद्धावृद्धालाई फलफुल वितरण गरेर मनाउँन पाउँदा खुसी लागेको वडा सदस्य एवं कार्यपालिका सदस्य शाहीले बताइन् ।
सामाजिक काममा सक्रिय शाहीले आगामी दिनमा पनि समाजसेवा नै प्राथमिकतामा रहेको बताइन् । पछिल्लो समय जन्मदिन, विवाह बार्षिकोत्सव लगायतका अवसरमा वृद्धवृद्धालाई सहयोग गर्नेजस्ता सामाजिक कार्यहरु बढ्दै गएको पनि शाहीले बताइन् । सामाजिक कार्य गर्दा आफुलाई खुसी लाग्ने बताउँदै उनले घरमै सीमित रहेर मनाउनुभन्दा वृद्धवृद्धालाई सहयोग गरेर विवाह बार्षिकोत्सव मनाउँदा आफु निकै खुसी भएको बताइन् ।




सत्यपाटी ।