सूचनाको शक्ति - The Power Of Information

        

३२ जनाले गरे रक्तदान

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ ले रक्तदान कार्यक्रम गरेको छ । वडामा निर्वाचित जनप्रतिनिधि आएपछिको ३ वर्षे कार्यकालका अवसरमा गरिएको समिक्षात्मक पत्रकार सम्मेलनका अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । वागेश्वरी मन्दिर परिसरमा आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरि रक्तदान गरेको हो ।

उक्त रक्तदान कार्यक्रममा वडाबासीसहित नेपालगन्जका विभिन्न ३२ जनाले रक्तदान गरेका छन् । वडासदस्य आशा थापा विष्टका अनुसार विहान ८ बजे आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभागिहरुलाई प्रशंसा पत्र, टिसर्ट समेत प्रदान गरिएको थियो । बन्दाबन्दीका बीच रगतदाताहरुको कमि भइरहेको गुनासो आएका बेला वडा कार्यालयले समन्वयात्मक भूमिका खेली रक्तदान गरेको उनले बताइन् ।

शहरी स्वास्थ्य केन्द्रसँगको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रम वडाध्यक्ष हमाल, वडा नं.६ का वडाध्यक्ष समीरमान सिंह, २ नम्बर वडा सचिव सुभाष पौडेल, पत्रकारद्वय काशी दर्शन र विजय मल्ल लगायतले रक्तदान गरेका थिए । सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार कार्यालय नेपालगन्जलाई रगत परीक्षण तथा आवश्यक उपकरण, वस्तुसमेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १७:३५