सूचनाको शक्ति - The Power Of Information

        

भारतीय सीमामा गोली लागेर गोर्खा सैनिकको मृत्यु

एजेन्सी । भारतीय सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकले ज्यान गएको छ । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्रमा आज विहान भएका गोलीबारीमा हवल्दार सम्बर गुरुङको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

जम्मु–कश्मीरको रजौरी जिल्लास्थित नोसेरा क्षेत्रमा भएको उक्त घटनामा गम्भीर घाइते भएका गुरुङको निधन भएको हो । भारतीय रक्षा प्रवक्ता देवेन्दर आनन्दद्वारा जारी विज्ञप्तिमा हवल्दार गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक भएको उल्लेख गर्दै कर्तव्य पालनाका क्रममा उनले गरेको उच्च बलिदानीको मुलुक सधैं ऋणी रहने जनाएका छन् ।

३६ वर्षीय गुरुङ नेपालको गोरखा जिल्लाको आरुघाट गाउँपालिकाको मान्बु निवासी हुन् । एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो । यसअघि ८ असारमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवल्दार दीपक कार्कीको मृत्यु भएको भएको थियो ।

काश्मिरस्थित राजोउरी जिल्लाको नौसेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली लागेर ३३ वर्षीय हवल्दार शम्भु गुरुङको मृत्यु भएको हो । यस क्षेत्रमा पाकिस्तानी सेनाले मध्यराती १२ बजेर ४५ मिनेट जाँदा फायरिङ गरेको थियो, जतिबेला गुरुङ ड्युटीमा थिए । गुरुङ नेपालको गोर्खा जिल्ला मन्बुका स्थायी बासिन्दा हुन् ।

‘पाकिस्तानले दुई राउन्ड ६०/८२ एमएम मोर्टार फायर गर्यो, यो गुरुङ बसेको बन्कर नजिक आइपुग्यो । बंकरको प्वालबाट गोली छिरेको थियो, नतिजा गुरुङको अनुहार, पाखुरा र देब्रे खुट्टामा धेरै चोट लागेको थियो,’ एक अधिकारीले भने, ‘उनलाई अस्पताल लगिएको थियो । तर ज्यान बचाउन सकिएन ।’

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १५:०३