सूचनाको शक्ति - The Power Of Information

        

वर्षाले ढल्यो सीमा स्तम्भ

फाइल तस्वीर

फाइल तस्वीर

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल-भारतको २०७ नम्बरको सीमा स्तम्भ ढलेको छ । ‘सीमा स्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ’, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, ‘जीर्ण अवस्थमा रहेको सीमा स्तम्भको मर्मतसम्भार नहुँदा ढलेको छ ।’

बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सीमा स्तम्भ ढलेको अवस्थमा फेला परेकोबारे जानकारी गराइएको उनले बताए । सीमा स्तम्भ मर्मत हुँदै गर्दा कारोना भाइरसका कारण बन्दाबन्दी भएपछि रोकिएको थियो ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार ०९:५९