सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितको संख्या १६,४२३ पुग्यो

काठमाडौं । नेपालमा बुधबार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६,४२३ पुगेको छ । यस्तै बुधबार २५३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ८, तेह्रथुमका १, सुनसरीका ३, इलामका २, काभ्रेका २, मोरङका ४, सिराहाका २, सप्तरीका ४, बाराका १, अछामका २२, बैतडीका २, बझाङका ४, दार्चुलाका १, गोर्खाका २, सर्लाहीका ३, चितवनका ५, नवलपरासीका २ जना रहेका छन् ।

यस्तै रौतहटका ३३, दाङका १, धादिङका १,दैलेखका १, काठमाडौँका १६, ललितपुरका ७, लमजुङका १, नवलपरासीका १, रामेछापका २, म्याग्दीका १, कास्कीका १४, गुल्मीका ३,पाल्पाका ५, प्युठानका १,बाँकेका २, दाङका ४, कालिकोटका १, जना रहेका छन् ।

त्यसैगरी रुकुमका ७, जाजरकोटका १, दैलेखका ५, मुगुका २, सुर्खेतका १४, डढेलधुराका २, डोटीका १२, कञ्चनपुरका १२, सिन्धुपाल्चोकका १ र कैलालीका ३६ जना संक्रमित थपिएका हुन् । नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ७ हजार ६५२ पुगेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १७:१४