सूचनाको शक्ति - The Power Of Information

        

खोलाले बगाउँदा एक महिला बेपत्ता

प्युठान । खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । स्वर्गद्वारी नगरपालिका –३ भाजुरीवाङ बस्ने ५६ वर्षीया हेमा कुँवर मङ्गलबार बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् ।

रोल्पाबाट घर आउने क्रममा स्थानीय घोरखोलाले बगाउँदा उनी बेपत्ता भएकी हुन् । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रहरी नायब निरीक्षक बुद्धि रानाको नेतृत्वमा चार प्रहरी खटेको बताइएको छ । रासस

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १०:४१