सूचनाको शक्ति - The Power Of Information

        

कञ्चनपुरमा एकजनाको हत्या

धनगढी । कञ्चनपुरको पुर्नवासमा धारिलो हतियार प्रहार गरी एकजनाको भएको छ । पुर्नवास नगरपालिका वडा नम्बर ५ का ५० वर्षीया गोपाल कुँवरको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले कुँवरका छिमेकी गौरव खड्का शनिबार राति धारिलो हतियार प्रहार गरेर हत्या गरि भागेको बताए । उनले हत्यामा संलग्न खड्का फरार रहेकाले उनको खोजी कार्य भइरहेको जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाक्षेत्रीले जानकारी बताएका छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतवार ०९:३७