काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ४७ दिनका कोरोना संक्रमित शिशुको मृत्यु भएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका ती शिशुको बुधबार राति मृत्यु भएको हो ।
शिशुको सोमबार घाँटीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । शल्यक्रिया गर्नुअघि परीक्षणका लागि सोमबार राति उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उनीसहित नेपालमा ३१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
सत्यपाटी ।