सूचनाको शक्ति - The Power Of Information

        

बालुवाटारमा बिहानै मन्त्रीहरूको आकस्मिक भेला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा शीर्ष नेताहरूले खुलेरै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि बालुवाटारमा मन्त्रीहरूको आकस्मिक भेला बोलाइएको छ ।

मंगलवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल लगायतले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । पार्टी बैठकमा प्रधानमन्त्रीको राजीनामा मागेपछि विकसित घटनाक्रमबारे छलफल गर्न ओलीले बुधवार बिहानै बालुवाटारमा मन्त्रीहरूको आकस्मिक भेला बोलाएका हुन् ।

‘औपचारिक मन्त्रिपरिषद् बैठक होइन, विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न आकस्मिक रुपमा अनौपचारिक छलफल गर्न खोजिएको हो,’ बालुवाटाुर पुगेका एक मन्त्रीले लोकान्तरसँग भने । सरकार र पार्टी सञ्चालनमा ओली असफल भएको आरोप लगाउँदै पार्टीका अधिकांश नेताहरूले ओलीको राजीनामा मागेका छन् । मंगलवारको बैठकमा शीर्ष नेताबीच नै चर्काचर्की परेको थियो ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार ०८:४३