काठमाडौं । चीनमा वैज्ञानिकहरुले एउटा नयाँ भाइरस फेला पारेका छन् । उक्त भाइरसले पनि महामारीको रुप लिन सक्ने क्षमता भएको वैज्ञानिकहरूको भनाइ छ । सुँगुरमा पाइएको उक्त फ्लू मानिसमा सरेपछि महामारीको रुप लिन सक्ने वैज्ञानिकहरूको चेतावनी छ । अध्ययनकर्ताहरुले उक्त भाइरसले आफ्नो स्वरुप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ ।
यो भाइरसमा मानिसलाई संक्रमित गराउन सक्ने, तीव्ररूपमा फैलिन सक्ने लगायतका सबै प्रकारका सम्भावना र लक्षण रहेको वैज्ञानिकहरूको भनाइ छ । यो नयाँ भाइरस भएकाले यस्तो भाइरसविरुद्ध मानिसमा प्रतिरोधात्मक क्षमता नहुने भएकाले सचेत हुनुपर्ने वैज्ञानिकहरूको चेतावनी छ । संसार कोरोना भाइरसबाट आक्रान्त भइरहेका बेला चिनियाँ शीर्ष वैज्ञानिकहरु नयाँ फ्लूका विषयमा चिन्तित बनेका हुन् ।
सत्यपाटी ।