काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा र प्रचण्डबीच ओलीबीच बालुवाटार बैठकमा भनाभन भएको छ । नेकपाको जारी स्थायी समितिको चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच भनाभन भएको हो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित दुई वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्रीको राजीनामा भारतले नभई आफूले मागेको बताएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार ओलीले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी गरेका छन् ।
दाहालले प्रधानमन्त्रीलाई पदमा कायम गर्ने अथवा हटाउने काम पार्टीभित्रैबाट हुने कुरा सबैले बुझ्नपर्ने पनि बैठकमा बताएका थिए । प्रचण्डले भारतविरुद्ध जथाभावी बोलेर ओलीले पार्टीको प्रतिष्ठा गिराएको गम्भीर आरोपसमेत लगाएका छन् । ‘भारतविरुद्ध बोलेर तपाईँले पार्टीको प्रतिष्ठा गिराउनु भो । भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित पार्न सकिँदैन,’ प्रचण्डले भनेका थिए ।
नेकपाको स्थायी कमिटी बैठकमा तीन शीर्ष नेताहरुले ओलीलाई ‘तपाईँको राजीनामा भारतले होइन, मैले मागेको हो, तपाईँले पार्टी विधि र पद्धतिलाई अस्वीकार गर्न पाउनुहुन्न,’ भनेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । ‘तपाईँ मेरो राजीनामा भारतले माग्यो भनेर भन्नुहुन्छ । त्यस्तो होइन, तपाईँको राजीनामा विगतमा पनि मैले नै मागेको हो अहिले पनि मैले नै हो,’ बैठकमा तीन शीर्ष नेताहरुले भनेको ती नेताले बताए ।
यस्तै ओलीबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने समेत प्रचण्डले बताएका थिए । ‘मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर तपाईंले पार्टीको प्रतिष्ठा गिराउनुभयो । भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन सकिँदैन,’ बैठकमा प्रचण्डले भनेका थिए ।
जवाफमा प्रधानमन्त्रीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए । ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ? यसबारे पनि गम्भीर छलफल हुनुपर्छ,’ जंगिँदै बैठकमा ओलीले प्रतिप्रश्न गरेका थिए । त्यसपछि प्रचण्डले पनि भारतले नभइ आफूले प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको भन्दै ओलीप्रति खनिएका थिए ।
‘तपाईँ अध्यक्ष पनि छाड्नुस्, प्रधानमन्त्री पनि छाड्नुस्, भारतले भनेको होइन यो मैले भनेको हो,’ प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले बताए । विवादकै क्रममा अन्य नेताहरुले असुहाउँदो गरी राखिएको ओली र प्रचण्डको कुर्सी हटाउनुपर्ने आवाज उठाएका थिए । नेताहरु अष्ठलक्ष्मी शाक्य, लघुजी पन्त लगायतले राजशी शैलीको कुर्सी हटाउनुपर्ने आवाज उठाएका थिए । त्यसपछि कुर्सी तल सारिएको थियो ।
सत्यपाटी ।