सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितको संख्या ९५६१ पुग्यो

काठमाडौं । नेपालमा सोमबार ५३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ५३५ जना संक्रमित थपिएका नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए । उनीहरु मध्ये ४६१ जना पुरुष र ७४जना महिला छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ ।

कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २१४२ रहेको छ । गत चौबिस घण्टामा मात्रै ३७० जना डिस्चार्ज भएका हुन् । नेपालमा कोरोना भाइरस संक्रमित फेला परेका जिल्लाहरुको संख्या ७६ पुगेको छ । बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको डा. गौतमले जानकारी दिए । डाक्टर गौतमले राजविराजमा गरिएको परीक्षणमा मोरङ र सप्तरीका १० जना, विराटनगरमा गरिएको परीक्षणमा झापाका ३ र मोरङका ४ जनामा संक्रमण भेटिएको बताए ।

त्यस्तै कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सप्तरीका ११, जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १०, महोत्तरीका १, सप्तरीका २ जनामा संक्रमण देखिएको छ । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछाम २, अर्घाखाची ९, बैतडी १४, डडेलधुरा १५, डोटी ७, गुल्मी १, जाजरकोट १, कैलाली ५८ नवलपरासी ५, सर्लाही ५७, सिन्धुपाल्चोक २, सिराहा २३, स्याङ्जा २०, पाल्पा १०, प्युठान २४, रौतहट ३४ रुपन्देहीका ९ जनामा संक्रमण देखिएको छ ।

उनले भरतपुरमा गरिएको परीक्षणमा चितवनका ५ र नवलपरासी पूर्वका १६ जनामा संक्रमण देखिएको बताए । त्यस्तै धुलिखेलमा गरिएको परीक्षणमा ओखलढुंगाका १ र गुल्मीका ४१ जनामा संक्रमण देखिएको छ भने पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका १३, तनहुँका ११ र नवलपरासी पूर्वका ८ जनामा संक्रमण देखिएको छ । रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका १४, पाल्पाका ८०, रुपन्देहीका ३ र प्युठानका ६ मा संक्रमण देखिएको हो । राप्तीमा गरिएको परीक्षणमा दाङका १३ जनामा संक्रमण देखिएको डाक्टर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार १६:४७