सूचनाको शक्ति - The Power Of Information

        

भर्चुअल मिटिङमा पर्यटनमन्त्री बोल्दा पोर्न भिडियो प्ले भएपछि…

काठमाडौं । पछिल्लो समय ‘जुम एप’मार्फत भर्चुअल मिटिङ गर्ने क्रम बढेको छ । कोरोना भाइरसको जोखिमका कारण मानिसहरु भर्चुअल मिटिङमा सहभागि हुने गरेका छन् ।

तर, सोमबार भने भर्चुअल मिटिङमै एउटा अनौठो घटना घटेको छ । नेपाल पर्यटन बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको भर्चुअल मिटिङमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो प्ले भएको छ ।

पर्यटन मन्त्री भट्टराई बोलिरहँदा एक्कासी अनाधिकृतरुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आइडीले पोर्न भिडियो प्ले गरेको थियो । मन्त्रीसहित करिब २०० जना सहभागि रहेको मिटिङमा पोर्न भिडियो प्ले भयो ।

त्यसपछि एडमिनले तत्कालै जुम मिटिङ अन्त्य गरेका थिए । कोरोना महामारीपछि जुम एप’ मार्फत भर्चुअल मिटिङ गर्ने क्रम बढेको छ । तर जुम एपको सुरक्षात्मक पाटो कमजोर रहेको भन्दै आइटीका जानकारहरुले यसको प्रयोग नगर्न चेतावनी दिँदै आएका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार १६:३०