सूचनाको शक्ति - The Power Of Information

        

क्वारेन्टाइनमै आत्महत्या

बझाङ । बझाङमा क्वारेन्टाइनमा बसेका एक पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाको बुडखोरीका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् । तीन दिनअघि मात्र भारतको बैंग्लोरबाट आएका उनी क्वारेन्टाइनमा बसेका थिए ।

उनले गएराति झुण्डिएर आत्महत्या गरेका वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलले जानकारी दिए । ‘६ गतेदेखि उनी क्वारेन्टाइनमा बसिरहेका थिए । अचानक आइतबार राति झुण्डिएर आत्महत्या गरेको अवस्था भेटिए,’ उनले भने, । वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ आइरहेको छ ।

आत्महत्या गरेका युवकको आरडीटीसमेत गर्न बाँकी थियो । ति युवक बसेको क्वारेन्टाइनमा अहिले चार जना रहेका छन् । उनीहरू फरकफरक मितिमा आएकाले अलग्गै कोठामा राखिएको छ । र घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार ११:३७