सूचनाको शक्ति - The Power Of Information

        

साइनोहरु : ‘सुझावको आशासहित’

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

१.
त्यसै हो र धर्केको ?
वर्षौ भैसक्यो पर्खेको !
छैन एक ईन्च सर्केको ।

२.
राजनीतिको गुथ्थी
रह्यो सदैब हुट्हुटी
उस्तैछु म उस्तैछ कुटी !

३.
कुरा हैन फगत
किन बुझ्दैन जगत
माटोले माग्दैछ रगत !

४.
कालापानीको कथा
कस्तो दर्दनाक व्यथा ?
शत्रु पन्जामा जायजेथा !

५.
कालापानीको चोट
बुझिदेऊ कालाकोट
छैन भने मनमा खोट !

६.
फूल भनेर हुन्छ ?
सुगन्धले राज खुल्छ
र त टक्क नजर भुल्छ !

७.
हेरेर अघाउनु
फूललाई सघाउनु
आशक्तीलाई डगाउनु !

८.
दिउँसै पर्छ रात
हुन्छ सीमामा घात
के काम पालेर जमात ?

९.
साहित्य मनभित्र
गासौँ साइनो पवित्र
देखाऊँ असल चरित्र ।

 

०७ असार २०७७
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : ७ असार २०७७, आइतवार ०८:१६