सूचनाको शक्ति - The Power Of Information

        

बेपत्ता ट्याक्टर चालकको शव भेटियो

बाँके । राप्ती नदीमा ट्याक्टर खस्दा बेपत्ता भएका चालकको शव फेला परेको छ । ना ७ त ५१८ नम्बरको ट्याक्टरका चालक सुनील चौधरीको २३ घण्टापछि आज शव फेला परेको प्रहरीले जनाएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ अगैयास्थित सिक्टा सिँचाइ आयोजनाको ब्यारेजमाथि पुलमा अन्यन्त्रित भएर सोमबार दिउँसो ट्याक्टरसहित तीन जना नदीमा खसेका थिए ।

दुर्घटनालगत्तै एक जनाको जिवितै उद्दार गरिएको थियो भने बेपत्तामध्ये राप्तीसोनारी गाउँपालिका–३, भगौतीपुरका पूर्णबहादुर थारुको सोमबार बेलुकी नै शव फेला परेको थियो । सम्शेरगन्जस्थित सशस्त्र प्रहरीको गोताखोरको सहायतामा बेपत्ताको खोजी गरिएको थियो । राप्ती नदीमा हराइरहेका चालक सुनील चौधरीलाई ब्यारेजको बाँधभन्दा केही तल फेला परेको गोताखोर टिमका कमाण्डर रमेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : २ असार २०७७, मंगलवार १४:१२