सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा तीन जनाको आरडिटी पोजेटिभ, संक्रमित एकलाई आइसोलेसन लगियो

बाँके । नेपालगन्ज क्वारेन्टिनमा सोमबार भएको आरडिटी परिक्षणबाट तीन जनाको रिर्पोट पोजेटिभ देखिएको छ । सोमबार होम क्वारेन्टिन तथा नेपालगन्ज क्वारेन्टिनमा बसेका १२३ जनाको आरडिटी परिक्षण गरिएको छ । जसमा तीन जनाको रिर्पोट पोजेटिभ देखिएको हो ।

नेपालगन्ज क्वारेन्टिनका व्यवस्थापक एव उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतका अनुसार होम क्वारेन्टिनमा बसेका २ जनाको जाँच गर्दा उनीहरु दुबै जनाको रिर्पोट पनि पोजिटिभ देखिएको र क्वारेन्टिनमा बसेका १ जनाको रिर्पोट पोजेटिभ देखिएको हो । क्वारेन्टिनका ९० जना महिला र ३३ जना पुरुषको सोमबार आरडिटी जाँच गरिएको छ ।

क्वारेन्टिनमा प्राय १४ दिन बसाई पुरा गरेकाहरु तथा होम क्वारेन्टिनमा बसेको समय पुगेकाहरुको सोमबार आरटिडी जाँच गरिएको छ । व्यवस्थापक बस्नेतका अनुसार यसअघि क्वारेन्टिनमै बसेकाहरुको गरिएको जाँचमा ४ जनाको रिर्पोट पोजेटिभ भेटिएको थियो ।

आज सोमबार थपिएका नेपालगन्ज १४ का कोरोना संक्रमित त्यही ४ जना आरटिडी पोजेटिभमध्येका एक हुन । भेरी अस्पतालको प्रयोगशालाबाट कोरोना पोजेटिभ देखिएका एक जनालाई आइसोलेसनमा लगिएको छ । यस्तै सोमबार आरडिटी जाँचमा पोजेटिभ देखिएका तीन जनाको थ्रोट स्वाब संकलन गरि भेरीको प्रयोगशाला पठाइएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार १८:५७