सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा संक्रमितको संख्या ६२११ पुग्यो

काठमाडौं । नेपालमा सोमबार एकै दिन ४५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४५१ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार जानकारी दिए । उनीहरुमध्ये ३५ जना महिला र ४१६ जना पुरुष छन् । योसँगै नेपालमा संक्रमितको संख्या ६२११ पुगेको छ ।

उनीहरुमध्ये ४७१ जना महिला र ५७४० जना पुरुष रहेका छन् । पछिल्लो चौबिस घण्टामा ६० जना पुरुष र ७ महिला गरी ६७ जना अस्पतालबाट डिस्चार्ज भएका उनले जानकारी दिए । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ । तीमध्ये १०४ जना महिला र बाँकी ९३७ पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ६२११ पुगेको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार १७:२५