सूचनाको शक्ति - The Power Of Information

        

स्टाफ नर्सलाई कोरोना संक्रमण

धनगढी । डडेल्धुरामा स्टाफ नर्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । शनिबार संक्रमण पुष्टि भएका २४ जनामध्ये एक जना स्टाफ नर्स भएको खुलेको छ । डडेलधुरा अस्पतालमा कार्यरत ३३ वर्षीया नर्समा संक्रमण पुष्टि भएको जनाइएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्टका अनुसार अस्पतालमा कार्यरत ११ जना चिकित्सक र स्वास्थयकर्मीको रिपोर्ट आउन बाँकी छ । केही स्वास्थ्यकर्मीको आरडीटी पोजेटिभ समेत आएको छ । ‘सुदूरपश्चिमका स्वास्थ्यकर्मी सबैभन्दा जोखिममा छन्,’ उनी भन्छन्, ‘ठूलो संख्यामा परीक्षण नहुँदा वास्तविक तथ्यांक आउन सकेको छैन ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले भने कोरोना संक्रमितहरुको उपचार भइरहेका अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी जोखिममा रहने बताए । ‘अहिले सबै जसो अस्पतालमा संक्रमित भर्ना छन् । त्यहाँ कार्यरत स्वास्थ्यकर्मी जोखिममा नहुने कुरै भएन’ उनले भने ‘तर, सावधानी अपनाउँदा संक्रमण सर्ने खतरा भने कम हुन्छ ।’

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतवार १६:२७