कालिकोट । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री निकट विश्वासपात्र मानिने वडाध्यक्ष अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परेका छन् । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष एवं सात्ताधारी नेपाल कम्युनिष्ट पाटीका जिल्ला कमिटी सदस्य दलबहादुर विश्वकर्मा (प्रकाश) अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परेका हुन् ।
सोही वडाकी एक स्थानीय महिलासँग अवैध सम्बन्ध राख्दै गर्दा स्थानीयले उनलाई रंगेहात पक्राउ गरेका हुन् । अत्याधिक मदिरा सेवन गरी पटकपटक एक महिलाको घरमा जाने वडाध्यक्ष बिकलाई त्यहाँका स्थानीय नागरिकले निगरानी राखी अवैध सम्बन्ध राख्दै गर्दा रंगेहात नाङ्गै समातेका छन् ।
माल्कोटकी ती महिलासँग वडाध्यक्ष विश्वकर्मा ले पहिलेदेखी नै अवैध सम्बन्ध राख्दै आएको स्थानीयले थाहा पाएपछि वडाध्यक्षलाई रंगेहात पक्राउ गरी नाङ्गो बनाएका हुन् । वडाध्यक्ष विश्वकर्माले यसभन्दा पहिले पनि मालकोटकी एक महिलालाई आफुले विहे गर्ने भन्दै झगडासमेत गरेको भिडियो बाहिरीएको थियो ।
स्थानीय दानबहादुर बटालाले वडाध्यक्ष विश्वकर्मा मदिरा सेवन गरी गाउँको राजा हुँ भन्दै गालीगलौज गर्ने र स्थानीय महिलाहरुलाई दुर्व्यवहार गर्ने गरेको बताए । उनले भने, ‘वडाध्यक्ष जे मन लाग्यो त्यही गर्छन् । गाउँका सोझा साझा नागरिकहरु सहँदै आएका छन् ।’ गाउँमा बिभिन्न अपराध गर्ने र पछि धाकधम्की, लोभ देखाएर मिलापत्र गर्ने गरेको उनले बताए ।
नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका विश्वकर्माले पटकपटक यस्तो हर्कत गर्दा पनि पार्टी चुप लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । यता वडाध्यक्ष विश्वकर्माले रंगेहात पक्रिएको कुरा अस्वीकार गरेका छन् । आर्थिक लेनदेनको बिषयमा बिवाद भएपछि मदीरा सेवन गरेको बेला सामान्य बिवाद भएको जनाइएको छ ।
सत्यपाटी ।