सूचनाको शक्ति - The Power Of Information

        

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–७ हुलाकी राजमार्गमा ग ७ प ७८३ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलमा सवार ५० वर्षीय लाहुराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्य भएको बताए । उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कैलारी–७ कै २० वर्षीय अमित चौधरी पनि गम्भीर घाइते भएका छन् । उनको सेती अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल पछाडि सवार २१ वर्षीय विष्णु चौधरी पनि सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतवार ०९:१२